Wed. Sep 25th, 2024

राजनीतिक नियुक्ति गरेका राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौं, २०७८ असोज ५ गते मंगलबार । सरकारले राजनीतिक नियुक्तिका आधारमा बिभिन्न देशमा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मङ्गलाबार सिंहदरबारमा बसेका मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो ।

साथै कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला सिमिकोट खण्डको सडक निर्माण गर्ने कार्य नेपाली सेनाबाट गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी सरकारले कोभिड १९ को संकट सम्बन्धी व्यवस्थापन गर्न बनेको विधयेक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । बैठकले औषधी ऐन २०३५ लाई संशोेधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । कोभिड १९ व्यवस्थापन आदेश २०७८ गर्ने निर्णय पनि भएको छ । संयुक्त राष्ट्र संघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरिएको जानकारी मन्त्री कार्कीले दिनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments