Wed. Sep 25th, 2024

क्यानडाका प्रधानमन्त्री ट्रुडो संसदीय निर्वाचनमा विजयी

काठमाण्डौं, २०७८ असोज ५ गते मंगलबार । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सांसदका रूपमा आफ्नो सिट सुनिश्चित गर्नुभएको छ । उहाँले कुबेक शहरको पापीनोमा जित हासिल गर्नुभएको बीबीसीले जनाएको छ।

केहीबेरअघि उहाँ आफ्नो गृह जिल्ला पुग्नु भएको थियो । त्यस क्रममा उहाँले संवाददाताहरूलाई आफूले “पापीनोका उत्कृष्ट सांसदलाई” मत दिएको बताउनु भयो। प्रधानमन्त्री ट्रुडोले निर्वाचन अधिकृतहरूको प्रशंसा गर्दै ट्वीट पनि गर्नुभएको छ ।

यसअघि उहाँको दल लिबरल पार्टीले ट्रुडो प्रधानमन्त्रीका रूपमै कायम रहनका लागि आवश्यक पर्ने सिट सङ्ख्या जित्ने अनुमान क्यानडाका सञ्चारमाध्यमहरूले गरेका थिए।

सीटीभी र सीबीसी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका छन्।

Facebook Comments