Wed. Sep 25th, 2024

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा रूसी छैठौँ पूर्वी आर्थिक मञ्चलाई सम्बोधन

काठमाण्डौं, २०७८ भदौं २० गते आईतबार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ३ तारिख पैचिङमा भिडियोमार्फत रूसी छैठौँ पूर्व आर्थिक मञ्चको पूर्ण बैठकको उद्घाटन समारोहमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ।

पूर्व आर्थिक मञ्च सन् २०१५ रूसी राष्ट्रपति पुटिनको प्रस्ताव बमोजिम स्थापना गरिएको थियो। जुन रूसले सुदुर पूर्वी सहकार्यलाई अघि बढाउने महत्वपूर्ण कदम नै हो। सन् २०१८ को सेप्टेम्बरमा राष्ट्राध्यक्ष सी भ्लादिभोस्टोक पुगेर चौथो पूर्व आर्थिक मञ्चमा सहभागी हुनुभएको थियो।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले त्यस क्षेत्रका मुलुकहरूसँगै मिलेर रूसी सुदुर पूर्वी र उत्तर पूर्वी एशियाली क्षेत्रको सहकार्यलाई मजबुत पार्नुका साथै साझा हितको विस्तार गर्दै जान चीन इच्छुक रहेको कुरामा जोड दिनुभएको छ।

Facebook Comments