Tue. Sep 24th, 2024

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडबारे बुधबारसम्म निर्णय लिइने

काठमाण्डौं, २०७८ भदौं १५ गते मंगलबार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ ।

बैठकमा शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाबारे छलफल भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाबारे बुधबारसम्म निर्णय लिने नेताहरुबीच सहमति भएको छ । यसैगरी गरि बैठकमा संवैधानिक आयोगमा नियुक्तिलगायत पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीका बारेमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सापकोटा ‘जुगल’ले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवाद पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । यसअघि सोमबार बिहान बालुबाटारमै बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकले मन्त्रिपरिषद्लाई चाडो पूर्णता दिने सहमति भएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments