Tue. Sep 24th, 2024

अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ : तालिबान प्रवक्ता

काठमाण्डौं, २०७८ भदौं १५ गते मंगलबार । अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिउल्लाह मुजाहिदले बताउनु भएको छ । उहाँले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम देश’ भएको घोषणा गर्नुभयो ।

अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलवार हामिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलबाट संवाददातासँग बोल्दै तालिबान नेता मुजाहिदले ‘तालिबान समूहको विजय अफगान सबैको विजय भएको’ बताउनु भएको अल जजिराले उल्लेख गरेको छ ।

‘अफगानिस्तानको इस्लामिक इमिरेट्स स्वतन्त्र र सार्वभौम देश हो भन्नेमा हामीलाई कुनै शङ्का छैन’, उहाँले भन्नुभयो ।

अमेरिकीहरूले सैन्य परिचालनद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको दाबी गर्दै आउँदा दिनमा अफगानिस्तानले पश्चिमसँग ‘कुटनीतिक सम्बन्ध राख्ने’ बताउनु भयो ।

अफगानीहरूले आफ्नो स्वतन्त्रता, र इस्लामी मूल्य-मान्यताको रक्षा गर्ने उहाँले बताउनु भयो । अफगानिस्तानबाट अमेरिकी सैन्य गठबन्धनको बहिर्गमन मङ्गलवार अमेरिकी समयअनुसार दिउँसो ३ः२९ बजे हामिद कार्जाई विमानस्थलबाट अन्तिम सी-१७ उडेसँगै सम्पन्न भएको हो ।  उज्यालो नेटवर्क

Facebook Comments