Tue. Sep 24th, 2024

बेपत्ता पारिएका व्यक्तिका परिवारकाे चेतावनी- ‘न्याय नपाए विद्राेह हुनसक्छ’

काठमाण्डौं, २०७८ भदौं १४ गते सोमबार । बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरूले न्याय नपाए विद्रोह हुनसक्ने सरकारलाई चेतावनी दिएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालले काठमाण्डाैमा आयोजना गरेको बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस २०७८ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा पीडित सदस्य सावित्री दुराले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिनुभएको हो ।

अन्तर्राष्ट्रिय सम्झौताहरूले न्याय नपाए विद्राेह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमा नै न्याय दिनुपर्ने बताउनुभयो । अन्तरक्रियामा बोल्दै पीडित सदस्य खुमा सुवेदीले राज्य छ कि छैन भनेर अनुभूति नभएको र आयोगले काम गर्न नसकेको बताउनुभयो ।

अर्का पीडित राजु नेपालीले अधिकार मागेर नपाइने भए खोस्नुपर्ने बताउनुभयो । उहाँले कोठा र होटलमा कार्यक्रम गरेर मात्रै काम नहुने भन्दै पीडितलाई अधिकार दिलाउने काम आयोगले गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक रूपमा वकालत हुने गरी काम गर्न सक्नुपर्ने, युद्ध गराउने र गर्नेले जवाफ दिने गरी काम हुनुपर्ने बताउनुभयो ।

पीडित नेपालीले भन्नुभयो, अधिकार मागेर नपाउने भए खोस्नुपर्छ, अधिकार खोसेर लिनुपर्ने अवस्था आएको छ । कोठा, होटलमा कार्यक्रम गरेर काम हुँदैन, आयोगले काम गर्नुपर्‍याे, साथै राजनीतिक रूपमा वकालत गर्न सक्नुपर्‍याे, युद्ध गर्ने र गराउनेले जवाफ दिने गरी काम हुनुपर्छ ।

कार्यक्रममा पीडितहरूले वर्तमान सरकार र नेतृत्वले बेपत्ता परिवार, घाइतेको आवाज नसुनेको आरोप लगाए ।  उज्यालो अनलाईन

Facebook Comments