Tue. Sep 24th, 2024

प्रदीप नेपाललद्वारा माधव नेपालको पार्टी परित्याग, धोका दिएको आरोप

काठमाण्डौं, २०७८ भदौं १४ गते सोमबार । नेकपा एकीकृत समाजवादी पार्टी आबद्ध नेता प्रदीप नेपालले सो पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ। पार्टीले जनताको बहुदलीय जनवाद जबज सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टीमा नरहेको जानकारी दिनुभएको हो।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले धोका दिएको उहाँको आरोप छ। तपाईले पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो, नेपालले भन्नुभएको छ।

नेता नेपालले आफू एमाले अध्यक्ष केपी ओलीसँग पनि नजाने उल्लेख गर्नुभएको छ। माधव कमरेड, म केपीसँग जान्न। किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ, नेता नेपालले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

Facebook Comments