Tue. Sep 24th, 2024

काठमाण्डौंको फोहर तत्काल उठाउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं, २०७८ भदौं १४ गते सोमबार । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौमा थुप्रिएको फोहोर जतिसक्दो छिटो व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाण्डौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिनु भएको छ ।

आज प्रधानमन्त्री निवास बालुबाटारमा उहाँले कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने पनि बताउनुभएको थियो ।

सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उहाँले काठमाण्डौंको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

लामो समयदेखि फोहोर उठ्न नसक्दा काठमाण्डौका सडकहरु दुर्गन्धित भएका छन् ।

Facebook Comments