Tue. Sep 24th, 2024

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागद्वारा (सीपीसीको ऐतिहासिक कार्यभार र गतिविधि मूल्य) शीर्षकको दस्तावेज जारी

काठमाण्डौं, २०७८ भदौं ११ गते शुक्रबार । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागले २६ तारिख (चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक कार्यभार र गतिविधिको मूल्य) शीर्षकको दस्तावेज जारी गरेको छ।

त्यस दस्तावेज अनुसार, बितेका १ सय वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीले जनताको नेतृत्व गरी गरेका सबै प्रयास, सबै समर्पण र सबै सिर्जनाबाट चीन राष्ट्रको महान पुनरूत्थानलाई साकार तुल्याउने सम्बन्धी मुख्य विषय प्रतिबिम्बित गरिएको छ।

सो दस्तावेज भनिएको छ: चिनियाँ कम्युनिष्ट पार्टी जनताका लागि प्रयास गर्ने राजनीतिक पार्टी हो। त्यसले सधैं नै जनतालाई प्राथमिकतामा राख्दै आएको छ। चिनियाँ कम्युनिष्ट पार्टी चिनियाँ जनताका लागि सुखमय जीवनको सिर्जना गर्ने राजनीतिक पार्टी हुनुका साथै मानव जातिको प्रगति कार्यका लागि प्रयास गर्ने राजनीतिक पार्टी पनि हो। अन्तर्राष्ट्रिय मौसम जसरी परिवर्तन भएपनि चिनियाँ कम्युनिष्ट पार्टीले सधैं नै मानव जातिको प्रगतिकाम पक्षमा उभिएर विश्व शान्ति र विकासका लागि योगदान गर्दै जानेछ। सीआरआई

Facebook Comments