Tue. Sep 24th, 2024

कानूनमन्त्री कार्कीभन्नुहुन्छ, “गठबन्धनको सहमतिमै अध्यादेश ल्याइएको हो”

फाईल फोटो

काठमाण्डौं, २०७८ भदौं २ गते बुधबार । हिँजो (मंगलबार)को मन्त्रिपरिषद बैठकले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतबाटै पार्टी विभाजन गर्न सक्ने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको सिफारिस गठबन्धनको सहमतिमा ल्याइएको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बताउनुभएको छ ।

गठबन्धन सबैको समर्थन र सहमतिमा अध्यादेश अगाडि बढाइएको र पूर्ण कार्यकाल संसद सञ्चालनको उद्देश्यका साथ अध्यादेश आएको उहाँले बताउनुभयो । आइतबार साँझ गठबन्धनका शीर्ष नेताहरुबीचको छलफल भएको सहमति अनुसार अध्यादेश अगाडि बढाइएको जनाउदैँ प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले यस विषयमा पार्टीभित्र पनि सबै पक्षको समर्थन लिएको मन्त्री कार्कीले उल्लेख गर्नुभयो ।

हिजो (मंगलबार) विहान प्रधानमन्त्रीले वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्कासँग छलफल गरेको र अध्यादेश ल्याउने विषयमा सबै नेताको समर्थन रहेको कार्कीको भनाइ छ ।

Facebook Comments