Tue. Sep 24th, 2024

दल विभाजन अध्यादेशप्रति गगन थापाको असन्तुष्टि, गलत कदम भएको टिप्पणी

काठमाण्डौं, २०७८ भदौं २ गते बुधबार । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टीका प्रधानमन्त्री शेरबहादर देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश गलत भएको बताउनु भएको छ । नेता थापाले हिजो केपी शर्मा ओली सरकारले ल्याउँदा गलत भनिएका अध्यादेश आज पनि गलत रहेको र यसको सर्मथन गर्ने हक कसैलाई नभएको बताउनु भएको छ ।

थापाले संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु जसले गरेपनि हिजो, आज र सधैँ गलत भएको बताउनु भएको छ । उहाँले भन्नुभयो “हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।”

यस्तै उहाँले गत बैशाखमा यहि अध्यादेश ल्याउने ओली सरकार, सर्मथन गर्ने मण्डली र अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिलाई यसको विरोध गर्ने अधिकार नभएको बताउनुभएको छ ।

विरोध नै गर्ने भए उहाँहरुले सार्वजनिक माफी माग्नुपर्ने नेता थापाले उल्लेख गर्नुभएको छ ।

Facebook Comments