Tue. Sep 24th, 2024

नवनियुक्त प्रदेश-२ प्रमुखद्वारा पद तथा गोपनीयताको शपथ

काठमाण्डौं, २०७८ भदौं १ गते मंगलबार । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

मङ्गलबार दिउँसो शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख मिश्रलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६७ बमोजिम मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

Facebook Comments