Mon. Apr 20th, 2026

अशक्त नागरिकलाई घरमै पुगेर खोप दिन सर्वोच्चको अन्तरिम आदेश

       

काठमाण्डौं, २०७८ साउन २९ गते शुक्रबार ।  सर्वोच्च अदालतले खाेप केन्द्रमा जान नसक्ने अशक्त र ‘ज्येष्ठ नागरिक’लाई घर-घरमा पुगेर कोभिड-१९ विरुद्धको खोप सेवा दिन अन्तरिम आदेश दिएको छ ।

प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गर्दै दर्ता गरेको रिट निवेदनमा शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले ‘ज्येष्ठ नागरिक’लाई घर-घरमा पुगेर कोरोनाविरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको हो ।

‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडड्ल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडा स्तरबाट लगत संकलन गरी वा उपयुक्तल अन्य माध्यमबाट पहिचान गरी घर-घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराृने कार्यक्रम र मनाविब समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नु गराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

Facebook Comments