Tue. Sep 24th, 2024

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक

काठमाण्डौं, २०७८ साउन २९ गते शुक्रबार । काेरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विभिन्न राहतकाे व्यवस्था गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले प्राथमिकता दिएकाे छ ।

यस्तै कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मत-सम्भारका लागि थप दुई लाख रुपैयाँसम्मको ऋण दिने व्यवस्था गरिएको छ । स्थिर विनिमय दरको व्यवस्था, वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाइएको छ भने ब्याजदर करिडोर, ब्याजदर स्थायित्व कामय हुने गरी व्यवस्थापन गरिएको छ ।

यस्तै विप्रेषण बैंक तथा वित्तीय संस्थामा राखेको अवस्थामा थप ब्याज पाउने नयाँ व्यवस्था नीतिमा गरिएको छ । गभर्नर अधिकारीका अनुसार विप्रेषण रकम (रेमिट्यान्स) बैंकिङ प्रणालीमा राखिएको सन्दर्भमा अहिले पाउने ब्याजदरमा थप एक प्रतिशत बढी पाउने व्यवस्था गरिएको छ । गोरखापत्र अनलाईन

Facebook Comments