Tue. Sep 24th, 2024

गाउँपालिकाका उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा !

काठमाण्डौं, २०७८ साउन २२ गते शुक्रबार । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधन हुँदा गाउँपालीकाले शोक बिदा दिएको छ । बिहीबार राति गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधन हुँदा शुक्रबार शोक बिदा दिएको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अकिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार सूचना जारी गरी शोक बिदामा गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु (स्वास्थ्य संस्थाबाहेक) सबै बन्द हुने सूचनामा जनाइएको छ ।

न्यू सञ्चार अनलाईनका अनुसार गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले उपाध्यक्षकै ससुरा भएका कारण स्थानीय तह ऐन सञ्चालनले दिएको अधिकार प्रयोग गरी शोक बिदा दिएको दाबी गर्नुुभएको हो । उहाँले भन्नुुभयो, ‘उपाध्यक्षकै ससुराको निधन भएको छ । गाउँपालिका नजिकै उहाँको घर छ । जनप्रतिनिधिहरु पनि मलामी जानु नै पर्यो । त्यसैले स्थानीय तह सञ्चालन ऐनको विशेष अधिकार प्रयोग गरेर एक दिन शोक बिदा दिएका हौं ।’

 

Facebook Comments