Tue. Apr 21st, 2026

अमेरिकी मिडिया: सन् २०१९ अमेरिकी गुप्तचर संस्थाद्वारा कोभिड-१९ महामारीको “भविष्यवाणी”

       

काठमाण्डौं, २०७८ साउन २२ गते शुक्रबार । अमेरिकी मिडियाको जानकारीअनुसार, सन् २०१९ नोभेम्बरमा अमेरिकी रक्षा गुप्तचर एजेन्सी अन्तर्गतको राष्ट्रिय चिकित्सा सूचना केन्द्रले एउटा प्रतिवेदन प्रकाशित गरेर कोरोना भाइरस संकट उत्पन्न हुने विषय उल्लेख गरेको छ। जानकारीअनुसार, अमेरिका सरकारलाई सुरू हुने महामारीको छिटै रोकथाम गर्न लगाउनका लागि राष्ट्रिय चिकित्सा सूचना केन्द्रले उक्त प्रतिवेदनबारे अमेरिकी रक्षा खुफिया एजेन्सी, पेन्टागन संयुक्त स्टाफ  तथा ह्वाइटहाउसलाई धेरैपटक सुनाएको थियो।

त्यसपछि सन् २०१९ नोभेम्बरमै अमेरिकाले इजरेललाई चीनको कोरोना भाइरस महामारीमाथि ध्यान दिन चेतावनी दिएको जानकारी इजरेल टाइम्स तथा इजरेली बाह्रौं च्यानलले पनि दिएका थिए। सीआरआई

Facebook Comments