चीनका परराष्ट्र मन्त्री वाङ यीद्वारा अमेरिका र जापानले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको कुकर्मको खण्डन
काठमाण्डौं, २०७८ साउन २२ गते शुक्रबार । सन् २०२१ अगष्ट ४ तारिख आयोजित ११ औं पूर्वी एशिया शिखर सम्मेलनअन्तर्गत परराष्ट्र मन्त्रीस्तरीय सम्मेलनमा चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले पूर्वी एशिया सहकार्यबारे सम्बोधन गर्नुभएको छ। सो क्रममा अमेरिका, जापान लगायतका कुनै पनि मुलुकले चीनको सिन्च्याङ र हङकङ समस्यालाई उठाउँदै मानव अधिकारको निहुँ खोजेर चीनमाथि आक्रमण गरेको बताउनुभयो। यसैगरी परराष्ट्र मन्त्री वाङ यीले दोस्रो पटक पनि सम्बोधन गर्दै अमेरिका र जापानले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने तथा झुटा आरोप लगाएर चीनको बदनाम गर्न खोजेको भन्दै गम्भीरताका साथ खण्डन गर्नुभएको छ।
परराष्ट्र मन्त्री वाङका अनुसार, सिन्च्याङ र हङकङ समस्या चीनको आन्तरिक मामिला हुन्। कुनै पनि मुलुकले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने तथा झुटा आरोप लगाएर चीनको बदनाम गर्न खोज्नु अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम विपरित हुनुका साथै त्यसले देशको सार्वभौमिकताको समान सिद्धान्तलाई समेत ध्वस्त पारेको छ। त्यस बदमाशी कुकर्मको चीनले कडा शब्दमा खण्डन गर्नैपर्छ। सीआरआई