Fri. Sep 20th, 2024

लियोनेल मेस्सी अब बार्सिलोना क्लबमा नरहने

काठमाण्डौं, २०७८ साउन २२ गते शुक्रबार । आर्जेन्टीनाका कप्तान अनि स्पेनी क्लब बार्सिलोनाका कप्तान ३४ वर्षीय लियोनेल मेस्सीले उक्त क्लबसँग नयाँ सम्झौता गर्ने ठानिएको थियो तर अब त्यो सम्भव नभएको सो क्लबले जनाएको छ।

“वित्तीय एवम् संरचनागत अवरोधहरू” का कारण उहाँको सम्झौता नवीकरण नहुने क्लबले बताएको छ। मेस्सीले उक्त क्लबका निम्ति १० पटक स्पेनी लिग उपाधि तथा चारपटक युरोपेली च्याम्पियन्स उपाधी जिताउनु भएको छ ।

उहाँले बार्सिलोनाका लागि अहिलेसम्मकै सर्वाधिक ६७२ गोल गर्नुभएको छ । अब उहाँ प्यारिस सेन्ट-जर्मान (पीएसजी) क्लबमा आबद्ध हुनसक्ने ठानिएको छ। सो फ्रेन्च क्लबका आर्जेन्टीनी कोच मरिसियो पोचेटिनोको च्याम्पियन्स लिग जित्ने महत्त्वाकांक्षा छ।

जुलाई १ तारिखदेखि नै मेस्सीको बार्सिलोनासँगको सम्झौताको अवधि सकिएकाले उहाँ स्वतन्त्र हुनुुहुुन्थ्यो। त्यसको दुई सातापछि उहाँले घटाइएको ज्याला दरमा क्लबसँग नयाँ सम्झौता पनि गर्नुभएको थियो। तर उक्त सम्झौता बार्सिलोनाले उहाँको तलब बेहोर्नसक्ने गरी यदि अन्य खेलाडीलाई अन्यत्र बेच्न सकेको खण्डमा मात्र लागु हुनसक्थ्यो।

“खेलाडी अनि क्लब दुवैको चाहना अन्ततस् पूरा नहुने भएकोमा दुवै पक्ष दुखी छ,”‘क्लबले भनेको छ। बीबीसी

Facebook Comments