Tue. Sep 24th, 2024

चीन र भारतका सेनाबीच भारतीय नियन्त्रण क्षेत्रतर्फको मोर्डोर चुस्कुलरमा भेटवार्ता

काठमाण्डौं, २०७८ साउन २० गते बुधबार । चीन र भारतका सेनाबीच भारतीय नियन्त्रण क्षेत्रतर्फको मोर्डोर चुस्कुलरमा १२ औं चरणको सेनापति स्तरीय भेटवार्ताको आयोजना गरिएको छ। त्यसअघि गत जुलाई १४ तारिख दुवै देशका विदेशमन्त्रीबीच ताजिकिस्तानको राजधानी दुशान्बेमा भेटवार्ता भएको थियो। साथै जुन २५ तारिख दुई देशबीच चीन भारत सीमा मामिला समन्वय र छलफल कार्य व्यवस्थाको २२ औं सम्मेलनको पनि आयोजना गरिएको थियो।

सीआरआईका अनुसार उक्त १२ औं चरणको सेनापति स्तरीय भेटवार्तामा दुवै पक्षले निरन्तर रूपमा चीन भारत सीमा क्षेत्रको पश्चिमी भाग मातहतको वास्तविक नियन्त्रण रेखा सम्बन्धी मामिलाबारे सदिच्छापूर्वक तथा गहन रूपमा वैचारिक आदान प्रदान गरेका छन्। दुवै पक्षले द्विपक्षीय सम्झौता सन्धि बमोजिम वार्ताको प्रवृत्तिलाई कायम राख्दै छिटोभन्दा छिटो बाँकी समस्याहरूको समाधान गर्न सहमति जनाएका छन्।

Facebook Comments