Tue. Sep 24th, 2024

भारतमा एकैदिन १७ लाख ६ हजार जनाले कोरोना विरुद्धको खोप लगाए

काठमाण्डौं, २०७८ साउन १९ गते मंगलबार ।  भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ३ करोड १७ लाख २५ हजार ३९९ पुगेको छ ।

भारतमा एकैदिन ४२० संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार २२८ पुगेको छ । यस्तै भारतमा एकैदिन ३९ हजार २१ जना कोरोना मुक्त भएका छन् । यो सँगै भारतमा कोरोना मुक्त हुनेको संख्या ३ करोड ८ लाख ८८ हजार ७०२ पुगेको छ ।

यस्तै भारतमा भारतमा ४ लाख ११ हजार ४६९ जना संक्रीय संक्रमित छन् । भारतमा सोमबार सम्म ४७ करोड २२ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ भने अहिलेसम्म ४७ करोड २२ लाख २३ हजार ६३९ जनाको कोरोना परीक्षण गरिएको छ ।

भारतमा सोमबार मात्र १७ लाख छ हजार ५९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । एजेन्सी

Facebook Comments