Tue. Sep 24th, 2024

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंका

काठमाण्डौं, २०७८ साउन १९ गते मंगलबार । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ ।

शनिबार भएको प्रि-स्याट परीक्षाको प्रश्न पत्र बाहिरिएको आशंकामा छानविन सुरु भएको हो । यस विषयमा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानविन थालेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनु भयो ।

‘प्रश्न पत्र बाहिरिएको भन्ने प्रमाण त भेटिएको छैन तर आशंकामा छानविन भइरहेको छ’ उहाँले भन्नुभयो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रश्न पत्र बाहिरिएको गुनासोपछि परीक्षा निर्धारित समयभन्दा एक घन्टा ढिलो गरी सुरु भएको थियो ।

एक प्रहरी अधिकृतको दाबी अनुसार परीक्षा हुनुअघि केही प्रहरीको म्यासेन्जरमा प्रश्न पत्र पुगेको थियो । ‘प्रश्न पत्र बनाउने तल्लो दर्जाका अधिकृतहरुले चिनजानको अफिसरलाई दिएको हुनसक्छ’ उहाँले भन्नुभयो, ‘यो प्रश्न बनाउनेहरुको गम्भिर गल्ती हो ।’

प्रहरी प्रधान कार्यालयमा शुक्रबार र शनिबार प्रि-स्याट परीक्षा भएको थियो । यसमा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सम्म सहभागी थिए । अनलाईन खवर

Facebook Comments