Tue. Sep 24th, 2024

म्यानमारका सैनिक शासकद्वारा आफू प्रधानमन्त्री भएको घोषणा

काठमाण्डौं, २०७८ साउन १८ गते सोमबार । म्यानमारका सैनिक शासकले आफू प्रधानमन्त्री भएको घोषणा गर्नु भएको छ। सैनिक कु गरेर सत्ता हातमा लिनुभएका शासक मिन आङ ल्याइङले आफू प्रधानमन्त्री भएको घोषणा गर्नु भएको हो ।

उहाँले आगामी २०२३ अगस्टसम्ममा बहुदलीय चुनाव गराउने र आपतकालिन अवस्था हटाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । शासक ल्याइङले नेता आङसान सुकीको जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हातमा लिनु भएको थियो।

सैनिक कू पछि म्यानमारको अवस्था उथलपुथल भएको छ । सेनाको कदमविरुद्ध नागरिकहरु विरोध र हड्तालमा उत्रिरहेका छन् । जसले प्रशासन र अर्थव्यवस्था अस्तव्यस्त भएको छ । एक स्थानीय अनुगमन समूहका अनुसार सुरक्षा बलले बिरोध प्रदर्शन र असन्तुष्टीविरुद्धको कारबाहीमा ९०० भन्दा बढी मानिसहरुको ज्यान लिएको छ । सीमा क्षेत्रमा सशस्त्र द्वन्द्वको पुनरुत्थान भएको छ ।

जुलुस हड्तालका कारण म्यानमारमा कोभिड १९ को संक्रमण तिव्र रुपमा बढिरहेको छ । सैनिक शासकले आफ्ना सैन्य अधिकारीहरुलाई स्वतन्त्र र निष्पक्ष बहुदलीय आम चुनाव गराउनको लागी परिस्थिति बनाउनुपर्ने बताएका छन् ।

सेनाले अगस्ट २०२३ सम्म आपतकालिन अवस्थाको प्रावधान पूरा गर्ने ल्याइङले बताउनु भएको छ । एजेन्सी

Facebook Comments