Mon. Sep 23rd, 2024

प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेकोमा माओवादीको आपत्ति, कारवाहीको माग

काठमाण्डौं, २०७८ साउन १३ गते बुधबार । नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ । माओवादीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेर ‘मन्त्रिमण्डल विस्तार’ बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाउदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेको छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले केही अपराधिक, अराजक एवं प्रतिगामी तत्वहरुले माओवादीलाई बदनाम गर्ने उदेश्यले मन्त्रिमण्डल विस्तारबारे कुप्रचार गरेको भन्दै त्यसमा संलग्नहरूलाई कडा कारवाहीको माग गर्नुभएको हो । माओवादी पार्टीको नक्कली लेटरप्याड, प्रचण्डको हस्ताक्षरसहित बैठकको निर्णय भन्दै सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको थियो ।

Facebook Comments