Tue. Sep 24th, 2024

गण्डकी प्रदेश प्रमुखमा गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा शेरचन नियुक्त

काठमाण्डौं, २०७८ साउन १२ गते मंगलबार । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखमा पृथ्वीमानसिंह गुरुङ र अमिक शेरचनलाई नियुक्त गर्नुभएको छ ।

गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई हटाएर पृथ्वीमानसिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर अमिक शेरचनलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले आज निर्णय गरेको हो ।

बर्खास्ती र नियुक्तिका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । दुवै प्रदेशमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्ला प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेको थियो ।

Facebook Comments