Mon. Sep 23rd, 2024

गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादव पदमुक्त

काठमाण्डौं, २०७८ साउन १२ गते मंगलबार । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को आज मङ्गलवार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र यादवलाई पदमुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम पौडेल र यादवलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रिपरिषद्ले गण्डकको प्रमुखमा गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरेको छ । यी दुवै प्रदेशमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्ला प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेको थियो ।

Facebook Comments