Mon. Sep 23rd, 2024

टोक्यो ओलिम्पकमा तेह्र वर्षीया जापानी खेलाडीलाई स्वर्ण पदक

काठमाण्डौं, २०७८ साउन १२ गते मंगलबार । जापानकी १३ वर्षीया मोमिजी निशियाले टोक्यो ओलिम्पिक्स-२०२० मा महिला स्ट्रीट स्केटबोर्डिङमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेर नयाँ रेकर्ड कायम गर्नुभएको हो ।

“मैले जित्छु भन्ने सोचेकी थिइनँ तर म नजिकैका मानिसले मलाई हौसला दिए। त्यसैले म खुसी छु,” उहाँले भन्नुभयो। उहाँ टोक्यो ओलिम्पिक्समा पहिलो पटक समाविष्ट खेलमा प्रतिस्पर्धा गरिरहनु भएको थियो ।

स्केटबोर्डिङ ओलिम्पिक्समा समावेश गरिएका पाँच नयाँ विधामध्येको एउटा खेल हो। “म जापानमा ओलिम्पिक जितेर खुसी छु। अनि म सबैभन्दा कम उमेरका प्रतियोगीमध्ये एकका रूपमा पहिलो ओलिम्पिक जित्दा निकै प्रसन्न छु,” उहाँले भन्नुभयो ।

रजत पदक जित्ने ब्रजिलकी रेयसा लिएल पनि १३ वर्षकै हुनुहुन्छ। कांस्य पदक जित्ने जापानकी फुना नाकायामा १६ वर्षकी हुनुहुन्छ । बीबीसी

Facebook Comments