Tue. Nov 12th, 2024

महान्यायाधिवक्ता खातीद्वारा पद तथा गोपनियताको शपथ

काठमाण्डौं, २०७८ साउन १ गते शुक्रबार । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ता खातीलाई शपथग्रहण गराउनुभएको हो ।

यसअघि, महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था थियो । गत वैशाखदेखि प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतबाट गरिन थालिएको छ । सोहीअनुसार महान्यायाधिवक्ताको शपथ सर्वोच्च अदालतमा भएको हो ।

सरकारको कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । महान्यायाधिवक्तामा खातीलाई बिहीबार राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो ।

Facebook Comments