२०८३ आश्विन १४, बुधवार

राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन

       

काठमाण्डौं, २०७८ असार २९ गते मंगलबार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ ।

उक्त कुरा राष्ट्रपति कार्यालयले आज साँझ एक विज्ञप्ति प्रकाशित गरि जानकारी गराएको हो ।

क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन
१ श्री शेरबहादुर देउवा प्रधानमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्‍घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास र स्वास्थ्य तथा जनसङ्‍ख्या ।
२ श्री बालकृष्ण खाँण मन्त्री गृह
३ श्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री कानून, न्याय तथा संसदीय मामिला
४ श्री पम्फा भुसाल मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ
५ श्री जनार्दन शर्मा मन्त्री अर्थ

आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त  प्रधानमन्त्री  शेरबहादुर देउवाले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । सोही अवसरमा राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

Facebook Comments