Thu. Sep 19th, 2024

अभिमन्यु मिश्र सबैभन्दा कान्छो उमेरका चेस ग्र्यान्डमास्टर

काठमाडौं, २०७८ असार २३ गते बुधबार । अभिमन्यु मिश्रले १२ वर्ष ४ महिनाको उमेरमा सबैभन्दा कम उमेरमा “चेस ग्र्यान्डमास्टर” बन्ने नयाँ कीर्तिमान राख्नु भएको छ । यसअघि सो कीर्तिमान सेर्गे कार्जाकीनको नाममा थियो जो सन् २००२ मा १२ वर्ष ७ महिनाको उमेरमा चेस ग्र्यान्डमास्टर बन्नु भएको थियो ।

अमेरिकाका अभिमन्यु १० वर्ष ९ महिना हुँदा सबैभन्दा कान्छा “अन्तर्राष्ट्रिय मास्टर” बन्नु भएको थियो ।

उहाँको अबको लक्ष्य भनेको सबैभन्दा कान्छो “स्ट्रङ्ग ग्र्यान्डमास्टर र एलीट ग्र्यान्डमास्टर” को उपाधिहरू प्राप्त गर्ने रहेको छ।

चेस खेलमा उच्चस्तरको प्रदर्शन गर्दै तीन खेल जितेर विश्व चेस महासङ्घको रेटिङमा कम्तीमा २,५०० अङ्क प्राप्त गर्न सकेमा मात्र ग्र्यान्डमास्टर उपाधि पाइन्छ।

अभिमन्युले साढे दुई वर्षको उमेरमा चेस खेल्न थालेको र सात वर्षको उमेरमा सबैभन्दा कान्छो अमेरिकी दक्ष खेलाडी बन्नु भएको थियो ।

कोभिडका कारण उहाँको लक्ष्य केही ढिलो भएको थियो तर बुडापेस्टमा पुगेर उहाँले ग्र्यान्डमास्टर र अन्तर्राष्ट्रिय ग्र्यान्डमास्टर प्रतियोगिताहरू खेल्नु भयो ।

त्यहीँ उहाँले आफ्नो अङ्क २,६०० पुर्‍याउनु भएको हो ।

चेस ग्र्यान्डमास्टर बनेपछि अभिमन्युले ट्विटरमा लेख्नुभएको छ: “मलाई १४ महिना रोकेको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी (अहिलेको महामारी) लाई अन्ततः ‘चेकमेट’ गरेर पन्छाएँ। सबैलाई जनालाई माया र समर्थनको लागि धन्यवाद। अब विश्वकपको तयारीमा।”

रुसी खेलाडी कार्जाकीनले आफ्नो कीर्तिमान १९ वर्षपछि तोडिएकोमा केही दुःखी भएको बताउनु भयो।

उहाँले भन्नुभयो “म ढाँट्न चाहन्न, कीर्तिमान गुमाएकोमा म केही दुःखी छु। तर म उहाँलाई बधाई दिन सक्छु। उहाँ सर्वोकृष्ट खेलाडीमध्ये एक हुने आशा गर्छु र यो उहाँको ठूलो यात्राको राम्रो सुरुवात हो।” बिबिसी

Facebook Comments