Mon. Sep 23rd, 2024

चट्याङ्ग लागेर तीन जनाको ज्यान गयो

काठमाडौं, २०७८ असार १५ गते मंगलबार । पर्सामा चट्याङ्ग लागेर तीन जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् । चट्याङ्ग लागेर सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ गदियानीका २६ वर्षीय रसुल आजमगद्दी र जिराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुर बस्ने ५० वर्षीया असरतोमी देवी थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विहान ७ बजे भैँसी चराउन खेतमा गएका बेला रघुवीर र रसुललाई चट्याङ्ग लागेको थियो भने असरतोमीलाई खेतमा काम गरिरहेको बेला चट्याङ्ग लागेको हो ।
चट्याङ्ग लागेर घाइते भएका पाँच जनामध्ये चार जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनाको वीरगञ्जमा उपचार भइरहेको छ । गोरखापत्र अनलाईन

Facebook Comments