Sun. Sep 22nd, 2024

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव मनाउन “महान यात्रा” पैचिङमा प्रदर्शन, सी चिन फिङद्वारा अवलोकन

काठमाडौं, २०७८ असार १५ गते मंगलबार । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव मनाउन २८ तारिख राति चिनियाँ राष्ट्रिय रंगशालामा “महान यात्रा” प्रदर्शनीको आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा देशका नेताहरू सी चिन फिङ, ली ख छ्याङ, ली चान शु, वाङ याङ, वाङ हु नीङ, चाउ ल चि, हान चङ र वाङ छि शानसँगै लगभग २० हजार दर्शकहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका छन्।

प्रदर्शनलाई एक विशाल स्तरको महाकाव्यको रूपमा प्रस्तुत गरिएको छ। यसलाई चारवटा अध्यायमा विभाजित गरिएको छ। यसले विभिन्न कलात्मक विधिहरू प्रयोग गरेको छ जसबाट एक सय वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले क्रान्ति, निर्माण, सुधारको भव्य तस्वीर स्पष्ट रूपमा देखाएको छ। यसले चिनियाँ कम्युनिष्ट पार्टी १८औं महाधिवेशनदेखि सी चिन फिङको नेतृत्वमा आधुनिक समाजवाद राष्ट्रको व्यापक निर्माणको नयाँ यात्रा आरम्भ गरिएको व्यक्त गरेको छ।

महत्वपूर्ण अन्तर्राष्ट्रिय मित्रहरू, पैचिङका विभिन्न देशहरूका कूटनीतिक राजदूतहरू, चीनका लागि अन्तर्राष्ट्रिय संस्थाहरूको प्रतिनिधिहरू र विदेशी विज्ञहरूलाई पनि उक्त प्रदर्शनीमा आमन्त्रित गरिएको थियो। सीआरआई

 

Facebook Comments