Sat. Sep 21st, 2024

चिनियाँ खोपको दोश्रो मात्रा आजदेखि लगाईदै (तालिका सहित)

- कोरोना विरुद्धको खोप अभियान

काठमाडौं, २०७८ जेठ २ गते आईतबार । कोरोना भाइरस विरुद्ध चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको सिनोफार्म कम्पनीको भेरोसेल खोपको दोश्रो मात्रा आजदेखि लगाईदैछ ।

२०७७ चैत २५ गतेदेखि २०७८ बैशाक १५ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई यहि जेठ ११ गतेसम्म सो खोप लगाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोपको उचित व्यवस्थापन तथा वितरण गर्न काठमाडौं महानगरपालिका सम्पूर्ण वडाहरुमा खोप केन्द्र स्थापना गरिएको छ । त्यसैगरी काठमाडौंका सम्पूर्ण नगरपालिकाहरुमा पनि खोप केन्द्र स्थापना गरिएको छ । मन्त्रालयले चैत २५ गतेपछि कोरोना संक्रमण भएका र कोरोनाको लक्ष्यण देखिएका मानिसहरुलाई भने खोप नलगाईने बताएको छ ।

यसैगरी ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक लगायतका जिल्लामा पनि आजैदेखि   भेरोसेल खोपको दोश्रो मात्रा लगाईदैछ । मन्त्रालयका अनुसार भेरोसेल खोप माथि उल्लेखित जिल्लाका २ लाख ८८ हजार मानिसहरुलाई लगाईएको थियो ।

 

Facebook Comments