Sat. Sep 21st, 2024

पछिल्लो चौविस घण्टामा १८७ जनाको मृत्यु, ८०४६ जना कोरोना संक्रमित

काठमाडौं, २०७८ जेठ १ गते शनिबार । नेपालमा पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणबाट १ सय ८७ जनाको मृत्यु भएको छ भने ८ हजार ४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा १७ लाख ५१ ह्जार ४८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित चार लाख ४७ हजार ७०४ पुगेको जनाएको छ । हाल एक लाख नौ हजार ७४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच हजार ४५५ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म तीन लाख ३३ हजार १०८ जना निको भएका छन् । हाल ६७५ जना क्वारेन्टिनमा छन् । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् ।

Facebook Comments