Sat. Sep 21st, 2024

इजरायली हमलामा परि अल जजिरा लगायतका कार्यालय रहेको भवन ध्वस्त

काठमाडौं, २०७८ जेठ १ गते शनिबार । इजरायलले गरेको मिसाइल हमलामा परि गाजामा रहेको एक भवन ध्वस्त भएको छ । यस आक्रमणमा समाचार एजेन्सी एसोसिएटेड प्रेस तथा कतारी समाचार संस्था अल जजिराको कार्यालय पनि ध्वस्त भएको समाचार एजेन्सी रोयटर्सले जनाइएको छ ।

रोयटर्सका अनुसार इजरायलको तर्फबाट भवनको सञ्चालकलाई भवन पुरै भवन खाली गर्न सूचना दिइएको थियो । १२ तलाको यस भवनमा अपार्टमेन्टहरु र कैयौं कार्यालयहरु रहेको रोयटर्सले जनाएको छ । यस घटनाको बारेमा इजरायली सेनाले कुनै प्रतिक्रिया जनाएको छैन । तर इजरायलले विज्ञप्ति निकालेर हमासले कब्जा लिने मानिसलाई मानवढालको रुपमा प्रयोग गर्दै सैन्य सम्पत्ति राखेको भवन भत्काइदिएको बताएको छ ।

गाजा र इजरायलमा चार दिन यता भइरहेका हिंसा सन् २०१४ यताकै खराब हो । अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु भैररहेका छन् । केही वर्षदेखि प्यालेस्टिनी समस्याको समाधानका लागि ठोस पहल र शान्तिवार्ता हुन सकेका छैनन् । सन् १९४८ मा इजरायल स्थापना हुने क्रममा झण्डै सात लाख प्यालेस्टिनी विस्थापित भएको दिनको सम्झना पनि आज परेको छ ।

तनाव मत्थर पार्ने प्रयासस्वरुप अमेरिकी कुटनीतिज्ञ हाडी अम्र ह्वाइट हाउसको प्रतिनिधित्व गर्दै इजरायल आइपुग्नु भएको छ । इजरायल-प्यालेस्टाइनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक भोलि बस्दैछ । हिंसामा एक सय ४० भन्दा धेरै प्यालेस्टिनी र कम्तीमा १० जना इजरायलका नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् । जसमा ३९ बालबालिका र २० महिलाले ज्यान गुमाइसकेका छन् । उज्यालो अनलाईन

 

Facebook Comments