Sat. Sep 21st, 2024

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नेकपा एमालेको ह्विप

काठमाडौं, २०७८ बैशाक २६ गते आईतबार । नेकपा एमालेले  आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । भोलि वैशाख २७ गते सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरूलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गर्नु भएको छ ।
उहाँले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम ह्विप जारी गर्नु भएको हो। 
Facebook Comments