Sat. Sep 21st, 2024

अब काठमाडौं छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नै पर्ने

काठमाडौं, २०७८ बैशाक २२ गते बुधबार । काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब अनिवार्य रुपमा स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बुधबार जारी गर्नुभएको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।

Facebook Comments