Thu. Apr 23rd, 2026

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

       

काठमाडौं, २०७८ बैशाक २१ गते मंगलबार । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले बताउनु भएको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएको पत्र भोलि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने छ।

२०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो। प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरि संसद बैठक आह्वान गरिसक्नु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार