Sat. Sep 21st, 2024

काठमाडौंमा नि:शुल्क भोजन

- जय महांकाल युवा समूह

काठमाडौं, २०७८ बैशाक १७ गते शुक्रबार । जय महांकाल युवा समूह टोखा ९ काठमाडौंले निषेधाज्ञामा अलपत्र परेकाहरुलाई नि:शुल्क भोजनको व्यवस्था गरेको छ ।

सो संस्थाका अध्यक्ष लिलानाथ भण्डारीका अनुसार सरकारले बिहीबारदेखि कोरोना संक्रमणको नियन्त्रण र रोकथामको लागि निषेधाज्ञा जारी गरेपछि अलपत्र परेका असहाय, गरिव, दैनिक रोजगारी गरि खाने कम आयस्ता भएका नागरिकहरुलाई नि:शुल्क भोजनको व्यवस्था गरेको हो ।

सो युवा समुहले आजदेखि काठमाडौं नयाँ वसपार्कमा विहान, वेलुकी नि:शुल्क भोजन उपलब्ध गराउने बताएको छ । साथै सो युवा समूहले विपन्न तथा अलपत्र परेकाहरुका लागि नि:शुल्क भोजन उपलब्ध गराउन सबै पक्षसँग सहयोगको अपेक्षा पनि गरेको छ ।

फोटो: कृष्ण कुमार बलामी,  रे न्यूज डेली

Facebook Comments