Fri. Sep 20th, 2024

अमेरिकामा अश्वेत युवालाई गोली हान्ने प्रहरीमाथि “गैरन्यायिक हत्या”को मुद्दा चलाइने

काठमाडौं, २०७८ बैशाक २ गते बिहीबार । अमेरिकाको मिनसोटामा एकजना अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएका छन्। ती प्रहरी अधिकारी किम पोटरलाई गिरफ्तार गरिएको छ र उनलाई हिरासतमा राखिनेछ।

पोटरले चाहिँ २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको बताएकी छन्। उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्।

त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या “सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग”भएको बताउनु भएको छ । पोटर र प्रहरी प्रमुख टिम गानन्‌ले ब्रुकलिन सेन्टर फौज छाडेका छन्। उक्त हत्याले त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप निम्त्याएको छ। उक्त घटना मिनियापलिस क्षेत्र पहिले नै तनावमा रहेका बेला भएको थियो। बिबिसी

Facebook Comments