Thu. Sep 19th, 2024

अस्ट्रेलियामा कङ्गारूको १७,३०० वर्ष पुरानो चित्रकला भेटियो

काठमाडौं, २०७७ फागुन १२ गते बुधबार

अस्ट्रेलियाका वैज्ञानिकहरूले चट्टानमा बनाइएको कङ्गारूको चित्रकला १७,३०० वर्ष पुरानो भएको पत्ता लगाएका छन्। चट्टानयुक्त एउटा आश्रयस्थलको छानामा गेरु रङ्ग प्रयोग गरी बनाइएको दुई मिटर लामो चित्रकला फेला परेको हो। वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा उक्त चित्रकला भेटिएको हो। उक्त क्षेत्र आदिवासीहरूले चट्टानमा बनाउने चित्रकलाका लागि प्रसिद्ध छ। चित्रकला निर्माण गरिएको समय बारुला जातिको कीटको गुँडको माटोलाई रेडिओकार्बन-डेटिङ प्रविधिमार्फत् निर्क्योल गरिएको हो।

नेचर ह्यूमन बिहेभिअर नामक जर्नलमा मङ्गलवार त्यससम्बन्धी अध्ययनको नतिजा प्रकाशन गरिएको हो। रेडिओकार्बन-डेटिङ प्रविधि प्रयोगमा अग्रणी मानिएका अनुसन्धानकर्ता डा. डेमिएन फिन्चले एउटै चित्रकलाको माथि र मुनिको भागमा बारुला जातिको गुँडको माटो फेला पर्नु दुर्लभ भएको बताउनु भएको हो । बिबिसी

Facebook Comments