२०८३ कार्तिक ७, शनिवार

रसुवाको बाढीपहिरोमा भएको जनधनको क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा दुःख व्यक्त

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ

       

भिओके समाचार/काठमाण्डू । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालको रसुवा जिल्ला तथा अन्य प्रभावित क्षेत्रमा बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शरीफले आज बुधबार सामाजिक सञ्जाल एक्समार्फत नेपालको रसुवा जिल्लामा बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति आफू अत्यन्त दुःखी भएको बताउनु भएको हो ।

उहाँले विपत्तिमा ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गरेका गर्नुभएको छ । प्रधानमन्त्री शरीफले कठिन समयमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउनु भएको छ । साथै उहाँले प्रभावित क्षेत्रमा रहेका सबैको सुरक्षा र कल्याणका लागि प्रार्थना समेत गर्नुभएको छ ।

शरीफले उक्त सन्देश अगस्ट २६, २०२६ राति ९ः४४ बजे सामाजिक सञ्जाल एक्समा पोस्ट गर्नुभएको हो ।

Facebook Comments