उत्तरी नेपालको बाढीपहिरोप्रति पाकिस्तानी राष्ट्रपति जरदारीद्वारा दुःख व्यक्त
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी
भिओके समाचार/काठमाण्डू । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले तिब्बतको सीमाना नजिक उत्तरी नेपालमा आएको आकस्मिक बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
पाकिस्तानका राष्ट्रपतिको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमार्फत सार्वजनिक सन्देशमा जरदारीले उत्तरी नेपालमा बाढीपहिरोबाट भएको मानवीय क्षति तथा विनाशप्रति दुःख व्यक्त गर्नुभएको हो ।
सन्देशमा उहाँले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति पाकिस्तानको तर्फबाट समवेदना व्यक्त गर्दै नेपाली जनता र नेपाल सरकारप्रति ऐक्यबद्धता जनाउनु भएको छ ।
राष्ट्रपति जरदारीले बाढीपहिरोमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा अझै सम्पर्कविहीन रहेकाहरू सुरक्षित रूपमा फर्कन सकून् भन्ने कामना पनि गर्नुभएको छ ।
राष्ट्रपति जरदारीको यो सन्देश पनि अगस्ट २६, २०२६ राति १०ः०७ बजे सार्वजनिक भएको देखिन्छ।

