२०८३ भाद्र १२, शुक्रवार

भोटेकोशी बाढी प्रभावितको सहायतार्थ  टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने   

       

काठमाण्डू । टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ रु एक करोड २० लाख प्रदान गर्ने भएको छ ।

नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले राससलाई जानकारी दिनुभयो ।

राससका अनुसार बाढीबाट क्षतिग्रस्त भएका क्षेत्रमा कुनै एक सार्वजनिक संरचना (सडक, पुल वा विद्यालय) निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई रु एक करोड अनुदान उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो ।

Facebook Comments