चीनमा भारी वर्षाका कारण नौ हजारभन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
गुईझोउ (चीन) । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानास्त्रण गरिएको अधिकारीहरूले मंगलबार बताएका छन् ।
प्रभावित क्षेत्रहरूमध्ये, कियानानको बौई-मियाओ स्वायत्त प्रान्तको डुयुन सहरले मङ्गलबार बिहान बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा मङ्गलबार विद्यालयहरु बन्द गर्न आदेश दिएको जनाइएको छ ।
अहिलेसम्म बाढीका कारण कुनै हताहत भएको खबर नआएको जनाइएको छ ।
वर्षाले प्रान्तका केही भागहरूमा बिजुली आपूर्तिमा पनि बाधा पुगेको छ, भने जिुली आपूर्ति पुन; स्थापनगर्न एक हजार भन्दा बढी पावर ग्रिड मर्मत कर्मीहरू परिचालन गरिएको जनाइएको छ ।
प्रान्तीय मौसम विज्ञान विधागका अनुसार सोमबार देखि मङ्गलबार सम्म प्रान्तका २० वटा भन्दा बढी स्थानमा काउन्टी-स्तरका क्षेत्रहरूमा भारी वर्षा भएको छ, जसमध्ये चार वटा स्थानमा यस समय अवधिमा २०० मिमी भन्दा बढी वर्षा रेकर्ड गरेको जनाइएको छ । सिन्ह्वा

