Thu. Jun 11th, 2026

अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत

       
काठमाण्डू । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसँग सम्बन्धित दुई विधेयक प्रस्तुत गर्नुभएको छ ।
आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाफपश्चात् अर्थमन्त्री डा. वाग्लले ‘विनियोजन विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गर्नुभएको हो ।
अर्थमन्त्री डा. वाग्लले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तुत गर्नुभयो । अहिले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि छलफल जारी रहेको छ । रासस
Facebook Comments