Mon. Apr 20th, 2026

इरानले फेरि थाल्यो युरेनियम संवर्धन

       

काठमाडौं, २०७७ पुस २१ गते मंगलबार

इरानले २० प्रतिशत युरेनियमको शुद्धीकरणसहित आफ्नो परमाणु तत्त्व संवर्धन कार्य पुन: सुरु गरेको छ।

यो सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको सबैभन्दा ठूलो उल्लङ्घन हो।

विविसीका अनुसार संवर्धित युरेनियम रिएक्टर इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ तर त्यो परमाणुबम बनाउन पनि प्रयोग हुनसक्छ।

अस्त्र बनाउन प्रयोग हुने युरेनियम ९० प्रतिशत शुद्ध हुनुपर्छ।

Facebook Comments