Tue. Jul 28th, 2026

प्रचण्ड-नेपाल सहितका नेताहरु निर्वाचन आयोगमा, नेकपा विवाद निरुपण छिट्टै हुने आयुक्त थपलियाको भनाई

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया

       

काठमाडौं, २०७७ पुस १० गते शुक्रबार

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद छिट्टै समाधान हुने बताउनु भएको छ।

आफ्नो समूह नै वैधानिक रहेको र सूर्य चिन्ह दाबी गर्दै निर्वाचन आयोग पुगेको प्रचण्ड-नेपाल समूहको नेकपासँग छलफल गर्दै आयुक्त थपलियाले नेकपाको विवाद निरुपण सोचेको समयभन्दा छिट्टै हुने बताउनु भएको हो।

विवाद निरुपणको काम तोकेको समयभन्दा अगाडि नै हुने र कानुनको आधारमा न्यायोचित निर्णय आयोगले लिने बताउनु भएको छ ।

माइतीघर मण्डलाबाट प्रचण्ड-नेपाल पक्षले आन्दोलन शुरु गरी नारा जुलुससहित निर्वाचन आयोग पुगेको हो । जुलुसमा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, नेता झलनाथ खनाल, अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी हुनुभएको थियो । आयोगभित्र भने शीर्ष नेताहरूलाई मात्र प्रवेश दिइएको छ।

 

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read