Tue. Apr 21st, 2026

प्रधानन्यायाधीशद्वारा तीनजना न्यायाधीशलाई शपथ   

       

काठमाण्डू, २०८२ असार २४ गते मंगलबार । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीनजना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्ति न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई शपथग्रहण गराउनुभएको हो ।

न्याय परिष्दको सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उहाँहरुलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्नुभएको थियो ।

शपथग्रहणपश्चात आजैदेखि तीनजना न्यायाधीशले कार्यभार सम्हाल्नु भएको छ । यसैबीच, प्रधानन्यायाधीश राउतले नवनियुक्त न्याय परिषद् सदस्य महेशकुमार नेपाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । परिषद्को अध्यक्षको हैसियतले प्रधानन्यायाधीशले न्याय परिषद्का सदस्य नेपाललाई शपथ ग्रहण गराउनुभएको हो ।  रासस

Facebook Comments