Fri. Apr 19th, 2024

कोरोना संक्रमितहरुको संख्या बढ्दो कुल संक्रमित संख्या १ लाख १७ हजार ९ सय ९६

काठमाडौं, २०७७ असोज २८ गते बुधबार

वितेको २४ घण्टामा नेपालमा नेपालमा कोरोना भाइरसका दुई हजार ३६८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ९४७ वटा नमूना परीक्षण गरिएकाेमा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख १७ हजार ९९६ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३६ हजार ३६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १७४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८० हजार ९५४ सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ ।

आइसीयूमा रहेर ३०५ जना र भेन्टिलेटरमा ७० संक्रमितको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

सार्वजनिक स्थलहरुमा हुने भिडभाड, सामाजिक दूरीको बेवास्ता, माक्सको प्रयोगमा हेलचेक्रयाई र नपरेसम्म कोरोनालाई हल्का रुपमा बुझ्ने प्रवृतिले डरलाग्दो रुप लिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् ।

Facebook Comments