Thu. May 2nd, 2024

मन्त्रिपरिषद्मा सामान्य हेरफेर, विष्णु पौडेल अर्थमन्त्री, कृृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालयको जीम्मेवारी, रक्षा मन्त्रालयबाट ईश्वर पोख्रेलको जीम्मेवारी फिर्ता

काठमाडौं, २०७७ असोज २ गते बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ती र जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

नयाँ थपिएका मन्त्रीहरुमा विष्णु पौडेल अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ शहरी विकास र पार्वत गुरुङ्लाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी हेरफेर गरिएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैसँग राख्नुभएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

यसअघि गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्थ्यो । सो मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठले पाउनुभएको छ । तीनवटा मन्त्रीहरु थपिनु भएपछि अब मन्त्रालयको संख्या २५ पुगेको छ ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ, “२०७४र११र३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ती हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद गठन गर्नुभएको छ ।”

नयाँ जिम्मेवारी पाउनुभएको मन्त्रीहरुको शपथ कार्यक्रम विहिबार विहान ११ः३० बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments